ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ३२ वर्षीया महिला पक्राउ

डिसी नेपाल
१३ वैशाख २०८० १२:५९
380
Shares

काठमाडौँ। ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिलालाई पक्राउ परेकी छन्।  पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाल रहेकी छन् ।

वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *