ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

डिसी नेपाल
१३ वैशाख २०८० १३:५९
460
Shares

काठमाडौँ। एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै ३६६ रनको योगफल बनाएको हो। ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरे।

ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए। उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन्। त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे।

त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए। बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे। यस खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *