समाजवादका आधारहरू निर्माण गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्छ : मदनकुमारी शाह  

डिसी नेपाल
१३ वैशाख २०८० १४:४१

काठमाडौँ। राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले संविधानले समाजवादका आधारहरु निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताएकी छन्।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले यस्तो बताएकी हुन्।

उनले ओरालो लागेको अर्थतन्त्रलाई उकालो तिर लैजान र देशलाई असफल हुनबाट जोगाउनुपर्ने बताइन्। यसका लागि देशलाई श्रीलंका र पाकिस्तानको बाटोमा हिँडाउन नहुने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *