समाजवादका आधारहरू निर्माण गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्छ : मदनकुमारी शाह
काठमाडौँ। राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले संविधानले समाजवादका आधारहरु निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताएकी छन्।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले यस्तो बताएकी हुन्।
उनले ओरालो लागेको अर्थतन्त्रलाई उकालो तिर लैजान र देशलाई असफल हुनबाट जोगाउनुपर्ने बताइन्। यसका लागि देशलाई श्रीलंका र पाकिस्तानको बाटोमा हिँडाउन नहुने उनको भनाइ छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment