८० हजार अश्लील तस्विर र भिडियो, ह्याकरले विश्वभरका महिलालाई यसरी शिकार बनाउँथे
काठमाडौं । एक व्यक्तिले विश्वभरका महिलाहरूलाई गोप्य रूपमा निगरानी गर्न उनीहरू वेबक्याम ह्याक गरेका थिए। उनिहरुको भिडियोहरु घरमै बसेर कम्प्युटरमा हेरिरहन्थे । जसलाई अहिले एफबीआईले समातेको छ ।
अभियुक्तको पहिचान ६० वर्षीय क्रिस्टोफर टेलरको रूपमा गरिएको छ। उनले मालवेयर (भाइरस) प्रयोग गरेर ७७२ व्यक्तिको वेबक्यामहरू नियन्त्रणमा लिए। यसमार्फत उनले यी व्यक्तिहरूको निजी जीवनलाई हेरिरहेका थिए।
मालवेयरको मद्दतले, टेलरले वेबक्याममा पूर्ण पहुँच प्राप्त गरे। उनी लगइन गरी मानिसहरूलाई अध्ययन, योग र यौनसम्पर्क गरिरहेको हेर्ने गर्थे। मुद्दाको सुनुवाइ गर्दै अदालतले यस्तो बताएको हो ।
एफबीआई एजेन्टहरूलाई कसैले यो बेलायती व्यक्तिले इङ्गल्याण्डमा घरमै बसेर यो अपराध गरिरहेको जानकारी गरायो। अनुसन्धानका क्रममा जर्जियाका विद्यार्थीको ल्यापटप देखियो । जसबाट ह्याकिङका लागि मालवेयर प्रयोग भइरहेको र यसको लिङ्क टेलरसँग जोडिएको पत्ता लागेको थियो । सन् २०१६ मा उनको घरमा छापा मारिएको थियो ।
टेलर १४ महिना जेलमा रहे। उनले सन् २०१०-२०१६ को बीचमा ८०,००० तस्बिर र भिडियोहरू सङ्कलन गरेका थिए। पक्राउ पर्नुअघि उनले हजारौं फाइलहरू डिलिट गरेका थिए। उनले पोर्नोग्राफिक वेबसाइट पठाएर मानिसहरूलाई फसाउने गर्दथे। क्लिक गर्ने बित्तिकै उनले उनीहरूको ल्यापटपको एक्सेस लिने गर्दथे । यसमा वेबक्यामहरू पनि समावेश छन्।
डेली स्टारको रिपोर्टका अनुसार अभियोजनमा रहेका नील फ्राइम्यान भन्छन्, ‘खाना खाँदा, काम गर्दा, ओछ्यानमा सुतेर र योग गर्दा यी धेरै तस्विर र भिडियो खिचिएका थिए। तर, धेरै यस्ता तस्विरहरु पनि फेला परेका छन्, जसमा मानिसहरु या त कपडा नलगाई रहेका थिए वा केहि यौन क्रियाकलाप गरिरहेका थिए ।
यसअघि पनि टेलरलाई मानिसको कम्प्युटर ह्याक गर्ने र अश्लीलता सम्बन्धी मुद्दामा दोषी ठहर गरिएको छ । लन्डनको एक अदालतले विगतमा उनको सुपुर्दगीको विरुद्धमा फैसला गरेको थियो किनभने यसले बिरामी परेकी उनकी श्रीमतीलाई नकारात्मक असर पार्छ।
न्यायाधीशले भने, ‘यी अपराधहरूमा मानिसहरूको गोपनीयतामाथि आक्रमण समावेश छ। अपराध लामो समयको अवधिमा गरिएको थियो र पूर्ण योजना र तयारीका साथ गरिएको थियो।’
यस्तै एउटा खबर अमेरिकाको म्याडिसन काउन्टीबाट पनि एक महिना अगाडि आएको थियो । यहाँ एक व्यक्तिले केही व्यक्तिको सामाजिक सञ्जाल अकाउन्ट ह्याक गरी ती अकाउन्टबाट महिलालाई अश्लील तस्विर र भिडियो पठाउन थाले ।
धेरै महिला यसको सिकार भएको प्रहरीले जनाएको छ । यी मध्ये एउटा खाताको छानबिन गर्दा यो एक वृद्ध महिलाले सञ्चालन गरेको पत्ता लाग्यो । तर ह्याक गरिसकेपछि यसलाई मानिसहरुलाई अश्लील सामग्री पठाउन प्रयोग गरिएको थियो ।
धेरै अनुसन्धानपछि प्रहरीले आरोपीको नाम क्रिस्चियन एन्थोनी इभान्स भएको थाहा पायो । उनले यी खाताहरू मार्फत चाइल्ड पोर्नोग्राफी सामग्री पनि साझा गर्थे। तर, पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।







डिसी नेपाल







Facebook Comment