ओलीमाथि आक्रमण प्रयासपछि युवा संघले भन्याे-सशक्त प्रतिवाद गर्न बाध्य हुन्छाैं
काठमाडौं। राष्ट्रिय युवा संघ, नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको ढुंगामुडा प्रहारलगायतका क्रियाकलापको भत्र्सना गरेको छ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले बुधबार राति विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्।
युवा संघले अध्यक्ष ओलीमाथिको आक्रमणको घोर निन्दा गर्दै उक्त किसिमको अराजक गतिविधिको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment