अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो

डिसी नेपाल
१४ वैशाख २०८० ८:४७

काठमाडौँ। बिहिबार अमेरिकी डलर भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा तोकिएको छ। बुधबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ बढेको छ। युरोपियन युरो भाउ खरिददर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा रहेको थियो। बुधबार युरोपियन युरोको भाउ खरिददर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद ८६ रुपैयाँ १८ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५७ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९६ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७८ पैसा र विक्रीमा ९ रुपैयाँ ८३ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *