फाेटाेफिचर
बर्दियाका थारु महिला : चर्को गर्मीमा छुट्टै तरिकाले दिन बिताउँछन्
बर्दिया। बर्दियाका थारु समुदायका महिलाहरु यो दिउँसोको चर्को गर्मीमा छुट्टै तरिकाले दिन बिताउँछन्। परिवारलाई खुवाएर, घरकाे सबै काम सकिएपछि उनीहरू समूहमा भेला भएर गाउँबाट केही किलोमिटर टाढा नजिकैको पोखरीतिर जान्छन्।

हातले बुनेको माछा मार्ने जाल अर्थात हेलका लिएर उनीहरू पोखरीको चिसो पानीमा प्रवेश गर्छन्। माछा समाउने क्रममा उनीहरू आफ्नो जीवन भाेगाइको कुराकानीमा संलग्न हुन्छन्।

दिउँसोको यो गतिविधिले उनीहरूलाई गर्मीबाट बच्न मद्दत गर्नुका साथै उनीहरूलाई एकअर्कासँग जोड्न, सामाजिक अन्तरक्रियाको आवश्यकता पूरा गर्न मद्दत गर्दछ। बेलुकाको खानाको लागि ताजा माछा समातेर उनिहरु साँझ घर फर्कने क्रममा, शारीरिक रूपमा स्फूर्ति र सामाजिक रूपमा स्वस्थ पनि हुन्छन्।



No ads found for this position
प्रतिक्रिया


Facebook Comment