चार कम्पनीको १ करोड १७ लाख बढी कित्ता सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१४ वैशाख २०८० १२:४६

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको १ करोड १७ लाख ७७ हजार ४३७.८३२८ कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्त रहेका छन्।

पुनर्बीमा कम्पनीको ५८ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित बोनस सेयर सूचिकृत भएको हो।

प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशतले हुन आउने ३ लाख ९४ हजार ३ सय ९२ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३.३२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुन आउने १३ लाख ८७ हजार ४ सय ९८.३३२८ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

निर्धन उत्थान लघुवित्तको १९ प्रतिशतले हुन आउने ४१ लाख ७० हजार ५ सय ४७.५ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *