आन्ध्र प्रदेशमा बन्यो समान्थाको मन्दिर
मुम्बई। साउथ अभिनेत्री नयनतारा पछि अब आन्ध्र प्रदेशमा एक फ्यानले अर्की अभिनेत्री समान्था रुथ प्रभुको मन्दिर बनाएका छन्।
साउथ फिल्ममा कुनै पनि फ्यानले आफ्नो मनपर्ने कलाकारको मन्दिर निर्माण गर्ने पुरानै परम्परा हो। नयनतारा, हंसिका मोटवानी र नमितापछि अब भने समान्थाको मन्दिर बनेको हो।
सामन्था ‘द फेमिली मेन २’ र ‘पुष्पा’का कारण लोकप्रिय छिन्। उनको आन्ध्र प्रदेशको बापाटलास्थित अल्लपाडु गाउँमा एक मन्दिर बनेको छ। समान्थाका फ्यान तेनाली सन्दिपले मन्दिर बनाएका हुन्। मन्दिर २८ अप्रिलमा खुल्नेछ।
रोचक कुरा के छ भने ती फ्यानले अहिलेसम्म समान्थालाई भेट्ने मौका पाएका छैनन्। तेनालीले आफू समान्थाको फिल्ममात्र नभई उनको च्यारिटी कामबाट पनि प्रभावित भएको बताएका छन्।
समान्था प्रत्युषा फाउण्डेसनमार्फत सामाजिक काम गर्छिन। उनको मन्दिर बनेको विषयमा समान्था र उनको टिमले कुनै प्रतिक्रिया दिएको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment