अप्पर स्यांगे हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति

डिसी नेपाल
१४ वैशाख २०८० १५:३१

काठमाडौं, १४ वैशाख । नेपाल धितोपत्र बोर्डबाट अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आईपीओ निष्सकान गर्न अनुमति पाएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपिओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ।

बोर्डले अप्पर स्यांगेलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो। यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *