मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुदृढ हुँदै गएका छन्ः गर्भनर अधिकारी

डिसी नेपाल
१४ वैशाख २०८० १९:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु क्रमशः सुदृढ हुँदै गएको बताएका छन् ।

राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले तरलताको अवस्थामा पनि क्रमिक सुधार र ब्याजदर माथिको दवाब पनि कम हुँदै गएकाले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु क्रमशः सुदृढ हुँदै गएको बताएका हुन् । उनले सोधानान्तर स्थीति बचतमा रहन थालेकाले अघिल्लो बर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगाएत तरलता पनि सुधार आएको बताए । उनले मुद्रास्फीति घट्दो क्रममा रहेको र आयात घट्दा सरकारी वित्तमा भने केहि दबाब परेको जानकारी दिए ।

केहि बैंकहरुले व्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधिहरु सुधार हुँदै जाने देखिएको उनले बताए । गभर्नर अधिकारीले राजस्व चूहावट नियन्त्रणमा थप सक्रियता अपनाइएका कारण राजस्व संकलनमा सुधार हुने अपेक्षा राखिएको धारणा राखे । नेपाली अर्थतन्त्र बढि आयात र विप्रषणमा निर्भर रहेकाले विश्व अर्थतन्त्रको प्रभावको सामना गदै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चूनौतिपूर्ण रहेको उनले बताए । वित्तिय स्थायीत्व कायम राख्दै समष्टिगत आर्थिक स्थीतिरता कायम राख्ने कार्यमा राष्ट्र बैंक प्रतिवद्ध रहेको उनको भनाइ छ ।

कार्यक्रममा बैंकका पूर्व गभर्नर, उत्कृष्ठ कर्मचारी लगाएतलाई सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *