बाजुरामा भूकम्पको दुई धक्का, पहिलो भन्दा पछिल्लो शक्तिशाली

डिसी नेपाल
१५ वैशाख २०८० ६:४७
1.7k
Shares

कैलाली। बाजुरा केन्द्रबिन्दु भएर गएराति दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो।

मापन केन्द्रमा रेकर्ड भए अनुसार अघिल्लो भन्दा पछिल्लो भुकम्प शक्तिशाली रहेको थियो। जसअनुसार गए राति ११ः५८ बजे गएको भुकम्प ४.९ म्याग्निच्यूडको थियो भने १ः३० बजे गएको भूकम्प अघिल्लो भन्दा बढी शक्तिशाली थियो। पछिल्लो भूकम्प ५‍.९ म्याग्निच्यूड रहेको रेकर्ड हुन पुगेको जनाइएकाे छ।

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भने सो भूकम्पले क्षति गरे नगरेको बिहानसम्म कुनै जानकारी नआएको बताएका छन्। सो भूकम्पबाट हुन सक्ने क्षति र त्यसका विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित बिपद ब्यवस्थापन टोली परिचालन भने गरिएको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *