एसीसी प्रिमियम कप सेमिफाइनलः नेपाल कुबेतसँग तथा युएई ओमानसँग भिड्दै
काठमाडौं। एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुँदैछन्। त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवतेसँग भिडनेछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन्।
नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो। कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो।
यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमुने सामुने हुनेछन्। युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बि’ वाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’वाट दोस्रो स्थानमा रहेको टोली हो।
दुवै सेमिफाइनल खेल ९ बजेबाट सुरु हुनेछ। जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment