वर्षाले निर्थुक्क रूझेकाे राजधानी (फाेटाे फिचर)

सिमाेन पाैडेल
१७ वैशाख २०८० ७:०५
648
Shares

काठमाडाैं। काठमाडौं उपत्यकामा शनिबार अपराह्नपछि मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ।

काठमाडौंमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमललगायत क्षेत्रको सडक जलमग्न भएका छन्। निरन्तरको वर्षाले सवारी आवागमनमा समेत केही व्यावधान भयो भने गन्तव्यमा पुग्ने सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *