ईङवा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

डिसी नेपाल
१७ वैशाख २०८० ९:४१
168
Shares

काठमाडौँ। ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज बैंकिंग समयसम्म आवेदन दिन पाउने छन्।

कम्पनीले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी गरेको ६ लाख कित्ता आईपीओमध्ये ३ लाख ६ हजार ८४० कित्तामात्रै बिक्री भएको थियो। बिक्री हुन बाँकि रहेको २ लाख ९३ हजार १६० र १० लाख ८० हजार कित्ता गरी कुल १३ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

त्यसमा २ प्रतिशतले हुन आउने २९ हजार ८६३ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *