नेसनल हाइड्रोपावर २ करोड २९ लाख रुपैयाँ घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

डिसी नेपाल
१७ वैशाख २०८० १०:२८
204
Shares

काठमाडौँ। नेसनल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९/८०  को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीले २ करोड २९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीको  विद्युत बिक्री आम्दानी पनि घटेको छ।  कम्पनीको विद्युत बिक्री आम्दानी १९.४१ प्रतिशतले घटेर २ करोड ९१ लाख रुपैयाँ समिति भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यो तेश्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८३ लाख ३ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको जगेडा कोषमा ३ करोड ४४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा खुद नाफा घटेसंगै वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि  ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.५९ रुपैयाँले ऋणात्मक भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ३.१५ रुपैयाँ रहेको थियो। मूल्य आम्दानी अनुपात ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १००.४१ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *