१९.११ अंकले ओरालो लाग्यो सेयर बजार, ९५ करोड ४३ लाखको कारोबार
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९५ अङ्कले घटेर ३५८.१४ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ४ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र तारागाउँ होटलको कारोबार भएको छ।
आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र प्रभु ऋणपत्रका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र अपार सोलु हाइड्रो इलेक्ट्रीका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment