माई खोला हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँड हुने
काठमाडौँ। माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड वैशाख १९ गते (मंगलबार) हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार बिहान ९ः३० बजे आइपिओ बाँडफाँड हुने जनाएको छ।
कम्पनीको उक्त आइपिओमा १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन परेको छ। यस आइपिओमा माग भन्दा झन्डै ११.६६ गुणा बढी आवेदन परेको छ। यो आईपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ । जसमा १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर हात पार्नेछन्। भने, बाँकीको हात खाली हुनेछ।
कम्पनीले वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो।
कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।







डिसी नेपाल







Facebook Comment