भारतबाट घटेर आयो पेट्रोलियम पदार्थकाे मूल्य, पेट्रोलमा ४.३३ रुपैयाँ घट्यो

डिसी नेपाल
१९ वैशाख २०८० ७:४०
320
Shares

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम

पदार्थको घटेको मूल्यको बिवरण दिएको छ।

निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो। डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि

निगमले स्वचालित बिधिवाट मूल्य घटाउँछ। तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *