लेस्टर सिटी र एभर्टन बराबरीमा रोकिँदै अंक बाँडे

डिसी नेपाल
१९ वैशाख २०८० ७:४३
68
Shares

काठमाडौं। लेस्टर सिटी र एभर्टनले बराबरी खेलेर अंक बाँडेका छन्। इंग्लिस प्रिमियर लिगमा लेस्टर र एभर्टनले २–२ गोलको बराबरी खेलेर अंक बाडेका हुन्।

किङ्स पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलको पहिलो हाफको १५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १-० को सुरुवाती अग्रता दिलाए।

लेस्टरका काल्भर्ट लेविनले २२औं मिनेटमा गोल फर्काए पछि खेल १–१ गोलको बराबरीको अवस्थामा रहन पुग्यो। तर, जेमी भार्डीले ३३औं मिनेटमा गोल गरेपछि लेस्टर २-१ को अग्रता लिन सफल भयो।

र, पहिलो हाफ २–१ को अन्तरमा टुंगियो। दोस्रो हाफको ५४औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई लेस्टरसँग बराबरीको अवस्थामा ल्याइदिए।

यस बराबरीसँगै लेस्टर ३४ खेलबाट ३० अंक बटुल्दै १६औं स्थानमा छ भने एभर्टन समान ३४ खेलबाटै २९ अंक बटुल्दै १९औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *