सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रति तला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment