उठ्ने बित्तिकै भुलेर पनि यसो नगर्नुहोस्

डिसी नेपाल
१९ वैशाख २०८० ११:१७

काठमाडौं । बिहान उठ्ने बितिकै तपाई के गर्नु हुन्छ ? भनिन्छ नि दिन कस्तो हुन्छ भन्ने कुरा बिहानीको सुरुवातले बताउँने गर्छ। त्यसैले तपाइले पुरा दिन राम्रो बनाउनका लागि बिहानीको सुरुवात राम्रो राम्रो कुराबाट गर्नु पर्ने हुन्छ। यी कुराहरु बिहान उठ्नसाथ कहिल्यै नगर्नुहोस् ।

रिसाउने झगडा गर्ने– दिनको शुरुआत सँधै सकारात्मक भएर गर्नु पर्ने हुन्छ । बिहान उठ्न साथ कोही सँग पनि रिसाउने झगडा गर्ने बानीले नकारात्मक प्रभाव पर्ने र तनाव हुने गर्दछ।

आँखा खोल्नसाथ मोबाइल चेक नगर्नु– बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन ।

धूम्रपान– धुम्रपान गर्नु स्वास्थ्यलाई नोक्सान पुर्याउनु हो । बिहान उठ्ने बित्तिकै धुम्रपान गुर्न स्वास्थ्यको दृष्टिकोणले निकै खतरनाक हुन सक्छ । यसले क्यान्सर हुने सम्भावना बढाउने गर्दछ। बिहान उठ्ने बितिकै कहिल्यै पनि नगर्नुहोस्।

रक्सी– जो बिहान उठेर  दिनको सुरुवात रक्सी खाएर गर्ने गर्छ । उसको दिन खराब हुनुका साथ साथै स्वस्थ्य पनि खराब हुने गर्दछ । बिहान उठ्ना साथ रक्सी खानाले हाम्रो स्वास्थ्यमा असर पर्छ। विभिन्न रोगको शिकार हुनु पर्ने हुन्छ।

मसालेदार खाना– बिहानको समय मसालेदार खाना खानाबाट टाढै बस्नु पर्छ । मसालेदार खाना खानाले धेरै प्रकारका रोग लाग्ने हुँदा बिहान सकेसम्म पौष्टीकयुक्त खाना खानु राम्रो हुन्छ ।

कफि पिउने– विशेषज्ञहरुका अनुसार बिहान कफि पिउनाले कार्टिसोल हर्मोनको मात्रालाई बढाउँछ। जसले प्रोटीन र कार्बोहाइड्रेटको मेटाबोलिज्मलाई कम्जोर बनाउने काम गर्दछ । त्यसैले बिहान उठ्ने बित्तिकै खालि पेट कफि पिउनु राम्रो हुन्न ।

अशान्त हुने कार्यक्रम नहेर्ने– यदि तपाईँ बिहान उठेर टिभी हेर्ने गर्नु हुन्छ भने मनै अशान्त हुने भड्किलो कार्यक्रम नहेर्नुस् । यसले तपाईको मूड विगार्ने हुँदा तपाईको स्वास्थ्यलाई पनि असर पार्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *