४.२७ अंकले घट्यो नेप्से परिसूचक, ६९ करोड २२ लाखको कारोबार

डिसी नेपाल
१९ वैशाख २०८० १५:११
84
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३५७.०२ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोड २२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरीको अग्रिम स्थानमा छ। यसको आज २ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नेपाल दूरसंचार कम्पनी र शिभम् सिमेन्टको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र सनराइज ऋणपत्र का लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, श्वेत गंगा हाइड्रोपावर र मिथिला लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *