अमेरिकी डलरको भाउ बढ्यो, युरोको घट्यो

डिसी नेपाल
२० वैशाख २०८० ९:२६
6.7k
Shares

काठमाडौँ। बुधबार अमेरिकी डलर भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा तोकिएको छ। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ घटेको छ। युरोपियन युरो भाउ खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४ रुपैयाँ ०६ पैसा रहेको थियो। मंगलबार युरोपियन युरोको भाउ खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा, अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८८ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५२ पैसा र विक्रीमा ९ रुपैयाँ ५६ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *