नेपाल रिपब्लिक मिडियाको आईपीओ आउँदै

डिसी नेपाल
२१ वैशाख २०८० ९:४०
204
Shares

काठमाडौँ। नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख ३१ गतेदेखि आईपीओ जारी गर्ने भएका छन् भने सर्वसाधारणका लागि जेठ २६ गतेदेखि आईपीओ जारी गरिने कम्पनीलेजनाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। जमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर जारी गर्नेछ। बाँकी ३५ लाख २५ हजार ९३० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्सले गर्नेछ।  यस आईपीओमा बैदेशिक रोजगारमा रहेका नेपाली र सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५५०० कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ १४ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि जारी हुने आईपीओका निष्कासन बन्द भने छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गते बैंकिङ समयपछि हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *