कुमारी बैंकको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२१ वैशाख २०८० १०:२२
176
Shares

काठमाडौँ। कुमारी बैंकको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।

हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक सेयरधनीले काठमाडौँको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।

सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिमा संस्थापक सेयरधनीहरु कुनै खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *