फेरि भारत जाँदै पूर्वराजा, मोदीसँग एक घण्टा भेटवार्ताको प्रयास

मदन कोइराला
२१ वैशाख २०८० १०:४२

काठमाडौं। बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन ग्रहण गरेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत जाने भएका छन्। निजी भ्रमणमा पूर्व राजा शाह शुक्रबार विहान लखनउ जाने तय भएको हो।

पूर्वराजाका निजी सचिव फणिराज पाठकले पूर्व राजा शाह शुक्रबार भारत जाने तय भएको जानकारी दिए। ‘महाजधिराज भोलि (शुक्रबार) भारत सवारी होइबक्सिँदै छ,’ पाठकले डिसी नेपालसँग भने, ‘कतिदिनको भ्रमण हो र कहिल फर्किबक्सिन्छ भन्ने जानकारी मलाइ छैन।’

विगत केही दिनदेखि नेपालगञ्जमा रहेका पूर्वराजालाई बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन गरिएको थियो। सो क्रममा पूर्वराजाले अहिलेको व्यवस्था नेता केन्द्रित भएको भन्दै पुरानै गौरव फर्काउन आह्वानसमेत गरेका थिए। त्यसको दुई दिनपछि पूर्व राजाको लखनउ भ्रमणलाई अर्थपूर्ण रुपमा होरिएको छ।

स्रोतका अनुसार पूर्वराजा शाह आफ्ना सुरक्षाकर्मी र सहयोगी विनै लखनउ जान लागेका हुन्। उनलाई उत्तर प्रदेश सरकारले सुरक्षा उपलब्ध गराउने र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ। त्यहाँ रहँदा पूर्व राजाले विभिन्न धार्मिकस्थलको दर्शन गर्ने औपचारिक कार्यक्रम रहेको छ।

योगी आदित्यनाथले विगतमा पनि उत्तर प्रदेशका विभिन्न धार्मिक कार्यक्रमहरुमा पूर्वराजालाई नेपालको राजाकै हैसियतमा निमन्त्रणा दिने गरेका छन्। त्यहाँ जाँदा पूर्वराजालाई नेपाल नरेशकै हैसियतमा मञ्च र आसन उपलब्ध गराइन्छ। यसबाट पनि योगी आदित्यनाथको मनसाय बुझ्न सकिन्छ।

पूर्वराजा शाह आफ्ना सुरक्षाकर्मी र सहयोगी विनै लखनउ जान लागेका हुन्। उनलाई उत्तर प्रदेश सरकारले सुरक्षा उपलब्ध गराउने र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ।

नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आएका थिए।

यसअघि पनि उनी विभिन्न वहानामा भारतको भ्रमणमा गएका थिए। पछिल्ला दिनहरुमा नागरिक बचाऊ अभियानमा भारतको राष्टिय स्वयं सेवक संघ  (आरएसएस)को विशेष सहयोग रहँदै आएको बताइएको छ, जसको उद्घाटन झापाबाट पूर्वराजा ज्ञानेन्द्रले नै गरेका थिए।

यो अभियानको नेतृत्व दुर्गा प्रसाईंले गर्दै आएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रबाट जारी भएको विज्ञप्तिमा राजनीतिक दलहरुले राजसंस्थासँग सहकार्य गर्नु पर्ने धारणा अघि सारेका थिए।

विगत केही समयदेखि पूर्वराजाका विज्ञप्तिहरु राजनीतिकरुपले खरो बन्दै आएका छन्। यो परिस्थितिमा पूर्वराजाको भारत भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ।

नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ।

स्रोतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पूर्वराजालाई भेट गराउन एक घण्टाको समय मिलाउने प्रयास गरिरहेका छन्। भारतमा २०२४ मा हुने लोकसभा निर्वाचन अगाडि नै नेपालमा हिन्दू राज्य स्थापना र राजतन्त्रको पुर्नस्थापना गर्ने नीति लिएको बताइन्छ।

यसअघि पूर्वराजा शाह फागुन २२ गते साेमबार स्थलमार्ग हुँदै भारत भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *