सिंहदरबार गेटमा धर्ना: सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग {भिडियो}

डिसी नेपाल
२१ वैशाख २०८० १२:४६

काठमाडौं। सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै एमाले निकट कर्मचारी संगठनले सिंहदरबार गेटमा धर्ना दिएका छन् । सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित गरेसंगै एमाले निकट कर्मचारी संगठनले बिहीबार सिंहदरबार गेट अघि सांकेतिक रुपमा धर्ना दिएका हुन् ।

निजामती ऐन जारी गर्न माग गर्दा पनि कुनै सुनुवाई नभएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरुले जनाएका हुन् । यसअघि मोबाइल एसएमएसमार्फत सचिवहरुलाई ऐन जारी गर्न ध्यानाकर्षण गराइएको र अव सिंहदरबारमा केन्द्रीत आन्दोलन गर्ने नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रवास साहले जानकारी दिए।

आन्दोलित कर्मचारी संगठनहरुमध्ये सत्ता पक्ष संगठनले भने सरकारी पक्षसँग वार्ता पश्चात् आन्दोलन स्थगित गरेका छन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *