ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

डिसी नेपाल
२२ वैशाख २०८० ८:०९
544
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटन होव अल्वियोनसँग पराजित हुन पुगेको छ।

युनाइटेड घरेलु टोली ब्राइटनसँग १-० ले पराजित भएको हो। ब्राइटनले इन्जयुरी समयमा गरेको पेनाल्टी गोलका कारण म्यानचेस्टर पराजित हुन पुगेको हो।

कम्युनिटी स्टेडियम फाल्मेरमा बिहीबार राति भएको खेलमा घरेलु टोली ब्राइटनले पाहुना टोलीमाथि सुरुदेखि दवाव राखे पनि पहिलो र दोस्रो हाफको अन्तिमसम्म कुनै गोल गर्न सकेन।

तर, इन्जयुरी समयमा पेनाल्टी बक्समा लुका साले ह्यान्ड गर्न पुगे पछि रेफ्रीले ब्राइटनलाई पेनाल्टी दिएका थिए। अन्तिम समयमा आएको सो मौकामा अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्या एलिस्टरएले निर्णायक गोल गरे र ब्राइटन बिजयी हुन सफल भयो।

यस जितसँगै ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा छ भने एक खेल बढी खेलेको पराजित युनाइटेड ३३ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *