अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो

डिसी नेपाल
२२ वैशाख २०८० ८:५३
4.4k
Shares

काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यसअघि बिहिबार यसको खरिद मूल्य १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो।

यता युरोपियन युरो भाउ बढेको छ।  शुक्रबारको लागि युरोपियन युरोको खरिद डर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०८ पैसा कायम गरिएको छ। बिहिबार युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ १३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८८ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ १३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५५ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ।

यस्तै जापानी यन एकको खरिददर ९ रुपैयाँ ७१  पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

यता, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *