सीडीएससीका सम्पूर्ण सेवा अवरुद्ध

डिसी नेपाल
२२ वैशाख २०८० ९:३३
424
Shares

काठमाडौँ सीडीएस एन्ड क्लियारिङका सम्पूर्ण सेवा अवरुद्ध भएको छ। सीडीएसले एक सुचना जारी गर्दै बिहिबार साँझ ५ बजेदेखि सीडीएससीबाट प्रदान गरिंदै आएको सम्पूर्ण सेवा अवरुद्ध हुने जानकारी दिएको हो।

सीडीएससीले सिंहदबारस्थित राष्ट्रिय सूचना केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना प्राइमरी डाटा सेन्टरमा र्‍याक स्थानान्तरण, सर्भर माइग्रेसनलगायतका कार्यहरु गर्नुपर्ने भएकोले सम्पूर्ण सेवा अवरुद्ध हुने सीडीएससीद्वारा जारी सूचनामा उल्लेख छ।

सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेदेखि अधिकतममा १ दिनका लागि सेवाहरु अवरुद्ध हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *