यी कुराहरु फ्रिजमा कहिल्यै नराख्नुहोस्

डिसी नेपाल
२२ वैशाख २०८० ११:२६

काठमाडौं। आधुनिक जीवनशैलीमा विधुतिय उपकरणहरुको प्रयोग दिनानुदिन बढ्दै गएको पाइन्छ । चाहे त्यो खाना पकाउने कुरामा होस् या गर्मीमा तातो पानीलाई चिसो बनाउने कुरामा नै किन नहोस्। यसरी यी विधुतिय सामाग्रीहरुले केही हद सम्म हाम्रो जिवनशैलीलाई केही रुपमा सहज पनि बनाएको पाइन्छ । धेरै प्रयोग हुने विधुतिय उपकरणहरु मध्ये फ्रिज पनि एक हो।

हामीले हाम्रो खानेकुराहरुलाई लामो समयसम्म राख्नका लागि फ्रिजको प्रयोग गर्ने गर्दछौं । यसमा राखिएका खानेकुरा ओल्याउने, बिग्रने वा कुहिने डर हुँदैन। तर यसमा राखिने कुराहरु चाँही कुन राख्न हुने र कुन नहुने भन्ने बारे भने हामी जानकार हुनुपर्दछ।

यी खानेकुराहरु कहिल्यै फ्रिजमा नराख्नुहोस्ः
टमाटर–फ्रिजमा टमाटर राख्दा टमाटर भित्रको मेम्ब्रेन चाडो टुट्छ र टमाटर छिटो गल्छ । यसका साथै टमाटरले यसको स्वाद बिगार्ने गर्दछ। त्यसैले टमाटरलाई कहिल्यै पनि फ्रीजमा नराख्नुहोस्। टमाटरलाई भान्सामा कुनै भाडामा राखि किराबाट जोगाउनको लागि पातलो कपडाले ढाकेर राख्‍नुपर्छ ।

मह–फ्रिजमा मह राख्दा मह क्रिस्टल बन्न थाल्छ । त्यसैले महलाई कहिल्यै पनि फ्रिजमा राख्नु हुँदैन। यदि राख्नै परेमा महको सिसिलाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ ।

रोटी – फ्रिजमा पाउरोटी राख्दा डिहाइड्रेसनको प्रक्रिया छिटो हुन्छ र यसबाट पाउरोटी चाँडो सुक्छ र बिग्रन्छ। फ्रिजमा राखिएको रोटि सुक्ने तथा यसमा भएको तत्व गुमेर जाने गर्दछ ।

अण्डा– धेरै दिनसम्म अण्डा फ्रिजमा राख्दा यसको योक सुन्छ र न्युट्रेसन कम हुन्छ।

केरा – केरा फ्रिजमा राख्दा छिटो गल्छ । फ्रिजबाट इथाइलिन ग्यास निस्किन्छ जसले केरालाई चाँडै पकाउँछ र बोक्रा कालो हुने र बिग्रने हुन्छ।

सुन्तला – यसमा साइट्र एसिड हुन्छ । त्यसैले फ्रिज भित्रको चिसो सहन सक्दैन। सुन्तलामा बिस्तारै दाग आउन थाल्छ र स्वाद पनि फेरिन्छ।

स्याउ– स्याउ फ्रिजमा राख्दा यस भित्रको इन्जाइम सक्रिय हुन्छ र स्याउ चाडै बिग्रन थाल्छ । स्याउलाई फ्रिजमा राख्ने नै हो भने कागजमा बेरेर राख्नुहोस् ।

कफि पाउडर – यसलाई फ्रिजमा राखेमा फ्रिज भित्रका अरु कुराहरुको बास्ना सोस्ने गर्दछ भने आफ्नो वास्ना भने हराउँदै जान्छ ।

प्याज– प्याजमा चिसोपना धेरै हुन्छ। यदि फ्रिजमा प्याज राख्ने हो भने यसको बोक्राहरु गल्न थाल्छ र छिटै बिग्रन्छ ।

आलु्– आलुलाई फ्रिजमा राख्दा चिसोले आलुको स्टार्च सुगरमा बदलिन्छ । जसले रोग निम्त्याउने गर्दछ । केहि गरी आलुलाई फ्रिजमा राख्नुपरे पेपर ब्यागमा हालेर मात्र राख्नु पर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *