सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी
काठमाडाैं। मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ। शनिबार राति भएकोइङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जिल भान्डाइकले पासलाई सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै १-० को अ अग्ता कायम गराउन सफल भए।
त्यसपछि दुवै टिमबाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन। अन्ततः खेल १-० मा नै टुंग्याउँदै लिभरपुल बिजयी भयो। लिग तालिकाको पाँचौं स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा सिमित रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment