यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२४ वैशाख २०८० ९:१६
808
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

युरोपियन युरोको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८८ रुपैयाँ २७ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ।

यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।

यता, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *