अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ जेठ १ गतेदेखि आउँदै

डिसी नेपाल
२४ वैशाख २०८० १०:०९
180
Shares

काठमाडौँ। अप्पर स्यांगे हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख २० हजार कित्ता र वैदेशिक रोजगारका नेपालीका लागि ६५ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ करोड २० लाख रुपैयाँ र वैदेशिक रोजगारका नेपालीका लागि ६ लाख ५० हजार रुपैयाँबराबरको सेयर बिक्री गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गर्ने आईपीओमा लमजुङ जिल्ला मर्स्याङ्दी गापा (साबिक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९) का स्थानीयले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछन्। यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता आवेदन दिन पाउनेछन्।  भने, अधिकतममा स्थानीयले १ लाख कित्तासम्मका लागि र वैदेशिक रोजगारीमा रहेका नेपाली ५० हजार कित्ताको लागि आवेदन दिन पाउनेछन्।

यस आईपीओमा आयोजन प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले  जेठ १६ गतेसम्म आवेदन दिन पाउनेछ। तोकिएको अवधिसम्म आवेदन नपरेको खण्डमा स्थानीयले जेठ ३० गतेसम्म आवेदन दिन पाउने छन्।

स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *