ह्वात्तै घट्यो सुनको मूल्य

डिसी नेपाल
२४ वैशाख २०८० १०:५१
21.8k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

बुधबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। बुधबार प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कारोबार भईरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *