आत्माघाती गोलको उपहारसँगै आर्सनल बिजयी

डिसी नेपाल
२५ वैशाख २०८० ७:१४
604
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगकाे जारी खेलमा आर्सनलले सहज जीत निकालेकाे छ। आर्सनलले घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सहज जीत दर्ज गराएकाे हाे।

सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलको १४औं मिनेटमा कप्तान ओडेगार्डले गोल गर्दै आर्सनललाई १-० को सुरुवाती अग्रता दिलाए। र, पहिलो हाफमा दुबैतर्फवाट कुनै गोल हुन नसके पछि खेल १-० मा टुंगिन पुग्यो।

तर, दोस्रो हाफको ७१औं मिनेटमा न्युक्यासलका फावियनले आत्मघाती गोल गरेपछि आर्सनल सहज रुपमा २-० ले विजयी हुन पुग्यो। यस जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक बटुलेको छ भने पराजित न्यूक्यासल ३४ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *