सिटी होटलको आईपीओ बिक्री खुला

डिसी नेपाल
२५ वैशाख २०८० १०:३८
444
Shares

काठमाडौँ। सिटी होटलले सर्वसाधारणका लागि आईपीओ आज (वैशाख २५ गते)बाट आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख  रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो। सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर बिक्री गरिसकेको छ।

यसैगरि कम्पनीले कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।  यस आईपीओमा लगानीकर्ताले  न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। यस आईपीओमा सर्वसाधारणले वैशाख २८ गतेसम्म आवेदन दिन पाउने छन्।  तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा जेठ ८ गतेसम्म आवेदन दिन पाउने छन्।

लगानीकर्ताले यस आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *