लाउरेस स्पोर्टस् अवार्डको उपाधि मेसीलाई

डिसी नेपाल
२६ वैशाख २०८० ८:३६
396
Shares

काठमाडौं। लियोनेल मेसीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधि जीतेका छन्। मेसीका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जीत हासिल गरेको छ।

हाल फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनमा आबद्ध मेस्सीले ‘यो विशेष सम्मान हो। म राष्ट्रिय टोलीबाट मात्र नभई पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु। मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु’ भन्दै प्रतिक्रिया दिएका छन्।

गत विश्वकपको उपाधि जिताउन मुख्य भुमिका खेलेका अर्जेन्टिनाका कप्तान मेस्सिले गत विश्वकपमा गोल्डेन बल जित्न सफल भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *