सुनका ५२ वटा बिस्कुटसहित दुई भारतीय पक्राउ

डिसी नेपाल
२६ वैशाख २०८० ९:१०
1.2k
Shares

कोलकत्ता। सीमा सुरक्षा बल (बीएसएफ) ले पश्चिम बंगालको उत्तर परगनास्थित भारत–बंगलादेश सीमाबाट दुई तस्करलाई पक्राउ गरेको छ। प्रहरीले तस्करहरूका साथबाट करिब ४ करोड २४ लाख रुपैयाँ मूल्यका ५२ वटा सुनका बिस्कुट बरामद गरेका छन्।

बीएसएफको दक्षिण बङ्गाल फ्रन्टियरका अनुसार आईसीपी पेट्रापोल १४५ बटालियनका कर्मचारीले रोयल फ्रेन्डसिप इन्टरनेशनल प्यासेन्जर बसवाट बंगलादेशबाट भारत सुन तस्करी गर्ने सूचना पाएका थिए।

साे यात्रु बस अगरतलाबाट ढाका हुँदै कोलकाता जाँदै थियो। सोही बेला उनीहरु पक्राउ परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *