काठमाडौँकी उपमेयर डंगोलले चीनमा आफ्नो प्रस्तुतिकरण दिने

डिसी नेपाल
२७ वैशाख २०८० ९:४९
4.6k
Shares

काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफ्नो प्रस्तुतिकरण गर्दैछिन्।

चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फबाट उपमेयर डंगोलले आफ्नो प्रस्तुतिकरण दिन लागेकी हुन्।

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलवार चीन प्रस्थान गरेकी उपमेयर डंगोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुतीकरण दिने छिन् ।

‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा सो प्रस्तुतीकरण हुने महानगरपालिकाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *