मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

डिसी नेपाल
२८ वैशाख २०८० ८:५९
892
Shares

बिराटनगर। छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ।

मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी बसेकी आमाको मृत्यु भएको हो।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुदाँ आमा मानकीदेवी साहको मृत्यु भएको हो। उनका अनुसार गम्भीर घाइते भएकी ५० बर्षिया मानकी देवीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधवार राति निधन भएको हो।

दुर्घटनापछि छोरा २९ वर्षीय दिनेशकुमार साहले उपचारका लागि आमालाई अस्पताल लगेका थिए। उक्त दुर्घटनामा आमा मानकीदेवीको मृत्यु भए पछि छोरामाथी भने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *