ऋषि जल उद्योगकाे प्रशोधित पानीको बोतलमा लेउ भेटियो

डिसी नेपाल
२८ वैशाख २०८० १३:१९

सिरहा। सिरहामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ।  गोलबजार नगरपालिका १० का वसन्त कुमार महतोले लहानकाे एक पान पसलबाट किनेको ऋषि जल नामक पानीको बोतलमा कागजको टुक्राजस्तो अखाद्य वस्तु देखिएको हो।

तिर्खाएका महतोले पानी किनेर बोतलकाे बिर्काे खाेल्न लाग्दा बोतल भित्र लेउ देखेपछि बोतल सुरक्षित राखि सञ्चारकर्मीहरुलाई देखाएका छन्।  उनले बोतलमा भरिएको पानीमा  समेत लापरबाही देखिनु जनस्वस्थ्यमाथिकाे खेलबाड भएको बताए ।  महतोले भने, ‘पछिल्ला दिनहरुमा मानिसले स्वास्थ्यको ख्याल गर्दै बोतलको पानी किनेर पिउने गरे पनि यसको विश्वसनीयता कम हुँदै गएको छ। पानीमा कहिले कागज, प्लाष्टिकको टुक्रा, मरेका किरा आदि देखिन्छ। यो मानव स्वास्थ्य माथिको खेलवाड हो।’

उनले यहाँ उत्पादन हुने पानीको गुणस्तर नियमनकारी निकायले समय सयमा चेक जाँच र नियमित अनुगमन नगर्दा उत्पादकहरुले लापर्वाही गरेको आरोप लगाए।

पानीमा भेटिएकाे विषयमा धारणा लिने क्रममा  ऋषि जल उद्योगकाे आफूलाई म्यानेजर बताउने रामलोचन नामका व्यक्तिले ‘तपाइँले लिएको पानीमा फोहाेर पाइएको भए हामीलाई पठाइदिनुस्, कहाँबाट कमजोरी हुन गएछ त्यसलाई कारबाही गर्छु’ भन्ने जवाफ दिए ।

पानीमै फोहाेर कसरी पस्यो त ?  भनेर जिज्ञासा राख्दा उनले ‘पत्रकारहरुको काम छैन, बजारमा खसीको मासु भनेर पाठी (बाख्रा) को मासु बेचिरहेको छ। तपाईंहरु देख्नुहुन्न। एउटा पानीको बोतलका कागजको टुक्रा देखियो भनेर यत्रो कुरा गर्नुहुन्छ’ भन्दै गैरजिम्मेवार जवाफ दिए ।

यस विषयमा सिरहा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी  आनन्द पौडेलले मानिसको स्वस्थयसँग खेलवाड गर्ने कसैको अधिकार नरहेको बताए । उनले भने, ‘हामी तत्काल अनुगमन गर्छौ, अनुगमन गरिसकेपछि ल्याब पठाउँछौ ल्याबको रिर्पोट के आउँछ, त्योअनुसार कानुन बमोजिम कारबाही हुन्छ।’न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *