काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको नमुना संयुक्त राष्ट्र संघ

दिपीका श्रेष्ठ
२८ वैशाख २०८० १३:४२
424
Shares

वैचारिक युवा समाजद्वारा आयोजित एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (EIMUN २०२३) संयुक्त राष्ट्र संघको एउटा नमुना महासभा हो, जसले विश्वका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र संघको कार्यप्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्न अवसर प्रदान गर्दछ।

यो महासभा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरम हो, जसको मूल उद्देश्य सहभागीमा अनुसन्धान, नेतृत्व, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीप वृद्धि गर्नेमा केन्द्रित छ।

त्यसैगरी युवाहरूको जीवनमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने, र बौद्धिक रूपमा सचेत विश्वव्यापी नागरिक बन्न उनीहरूलाई सहयोग गर्ने दीर्घकालीन दृष्टिकोणका साथ EIMUN अघि बढ्दै आएको छ।

सन् २०१४ मा, वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ EIMUN बाट आफ्नो यात्रा सुरु गरेको थियो।

सन् २०१६ देखि, यस संस्थाले नेपालमा स्थित अमेरिकी दूतावाससँग सहकार्य गरी EIMUN सञ्चालन गर्दै आएको छ। यस वर्षको सबैभन्दा प्रतिक्षित र भव्य नमुना संयुक्त राष्ट्र संघ, EIMUN को ८ औ संस्करण पाँच दिन लामो सम्मेलन हुनेछ।

यो सम्मेलन यही वर्ष २०२३ को १० जुलाईदेखि १४ जुलाईसम्म काठमाडौंमा आयोजना हँदैछ। सम्मेलनमा दक्षिण र मध्य एसिया र त्यसभन्दा बाहिरका प्रतिनिधिहरु साथै अन्तर्राष्ट्रिय प्रेस र आयोजक समितिसहित २०० जना सहभागी हुनेछन्।

विभिन्न नमुना संयुक्त राष्ट्र संघ अभिमुखीकरण, तालिम र कार्यशालाहरूको सफल समापनसँगै नेपालका सात प्रदेशहरूमा प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनहरूको शृङ्खला आयोजना गरेसहित EIMUN २०२३ ले विश्वभरका युवाहरूको सुदृढ नेटवर्क सिर्जना गर्ने लक्ष्य राखेको छ।

यस सन्दर्भमा वैचारिक युवा समाजले प्रदेश स्तरीय नमुना संयुक्त राष्ट्र संघ सम्मेलनमार्फत यस वर्ष ५०० जना यूवावर्गलाई प्रत्यक्ष रुपमा सशक्त बनाउन सफल भएको छ।

यस कार्यक्रमको थप जानकारी तपाइले वैचारिक युवा समाजको सामाजिक संजाल र EIMUN को वेबसाइट eimun.global मार्फत पाउन सकिने छ। साथै यस कार्यक्रममा भाग लिनको लागि यो लिंक मार्फत दर्ता https://eimun.global/apply-as-a-delegate/ दर्ता गर्नु पर्नेछ।

कार्यक्रममा दर्ता गर्ने अवधि ३१ मेइ सम्म खुल्ला छ। यस सुनौलो अवसरलाई नछुट्टाउनुहोस् र विश्वव्यापी परिवर्तनको हिस्सा बन्न सकिनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *