ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु, सात जना घाइते

डिसी नेपाल
२९ वैशाख २०८० ९:१२
108
Shares

रोल्पा। रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुंग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

लुंग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *