बैंकको ब्याज तिर्ने अवधि तीन महिना थप

डिसी नेपाल
२९ वैशाख २०८० १४:४१
13.2k
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिवाना नलाग्ने गरी तीन महिना थप गर्ने जनाएको छ।

शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीले उक्त सुविधा पाउने जनाएको हो।

‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना/शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिनेछ,’ सार्वजनिक समीक्षामा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “बैंकको ब्याज तिर्ने अवधि तीन महिना थप

  1. अनि हाम्रो तिर त जगा को मूल्याकंन गर्न आउछु भन्छ त

Leave a Reply

Your email address will not be published. Required fields are marked *