यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ

डिसी नेपाल
२९ वैशाख २०८० १३:४८
22.5k
Shares

काठमाडौं। कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो। उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। एकजना पीडित पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ। वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगर्पालिका-२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन्।

उनले आफैँद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।

अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रनाउ मन्जिल मुकारुङले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *