अमेरिकी डलर बढ्दा युराेमा झिनो गिरावट

डिसी नेपाल
३१ वैशाख २०८० ८:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार अमेरिकी डलर १२ पैसाले बढेको छ । यसअघि शुक्रबार पनि डलरको भाउ १७ पैसाले बढेको थियो।

आइतबार एकको अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको छ। यसाअघि शुक्रबार खरिदमूल्य १३१ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार युरोपियन युरोमा झिनो गिरावट आएको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसाले घटेको हो । यसअघि शुक्रबार युरोको खरिदमूल्य १४३ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८० पैसा कायम गरिएको थियो।

त्यस्तै, आइतबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ १७ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ८८ रुपैयाँ १३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६८ पैसा पाइन्छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल आइतबार एकको खरिदमा ३६ रुपैयाँ एक पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर आइतबार ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ७४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *