हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
३१ वैशाख २०८० १०:३३

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको हो।

शुक्रबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *