मोदी इनर्जीको आईपीओ बाँडफाँड

डिसी नेपाल
३१ वैशाख २०८० ११:५०

काठमाडौँ। मोदी इनर्जीको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले बिहान १०ः३० बजे आईपीओ बाँडफाँड भएको हो।

कम्पनीको उक्त आइपिओमा १२ लाख ३६ हजार २६९ आवेदकबाट १ करोड ३५ लाख ४ हजार ३० कित्ताको लागि आवेदन दिएका छन्। यस आइपिओमा माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट भएको हो। जसमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।  यो आईपीओमा करिब ६ लाख ६८ हजार ५१५ आवेदकको हात खाली भएको छ।

कम्पनीले गत वैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिसकेको थियो।

कम्पनीले ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ। स्थानीयलाई बाँडफाँडपछि बाँकी रहन गएको २० लाख ९५ हजार ६१० कित्ता र सर्वसाधारणका लागि बाँकी रहेको ३४ लाख ६३ हजार ८१० कित्ता गरी कुल ५५ लाख ५९ हजार ४२० कित्ता सेयर बिक्री खुला गरिएको थियो।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *